दाङमा १४ वर्षीया बालिका बलात्कृत

बुटवल- ७३ वर्षीया वृद्धा बलात्कृत भएको घटना सेलाउन नपाउँदै दाङको तुलसीपुरमा बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । १४ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएकाे दाङ प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय २३ वर्षीय विनोद वलीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार वलीले बालिकालाई घरनजिकैको मकैबारीमा बोलाई बलात्कार गरेकाे आरोप छ ।
बलात्कारपछि अचेत अवस्थामा बालिकालाई उनकी आमाले भेटाएकी थिइन् । अहिले बालिकाको अवस्था सामान्य रहेको र वलीलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
केही दिनअघि मात्रै तुलसीपुरमा ७३ वर्षीया वृद्धा र ११ वर्षीया बालिका बलात्कृत भएका थिए । तुलसीपुरमा पछिल्लो समय बलात्कारका घटना बढिरहेका छन् ।

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

प्रतिक्रिया