धनगढी उपमहानगरले गर्याे बजार क्षेत्रमा जडित सिसिटिभी क्यामरा मर्मत

कैलाली- धनगढीमा बिग्रिएका सबै सिसिटिभी क्यामरा मर्मत गरिएको छ । धनगढी उपमहानगरपालिकाले आफ्नै खर्चमा बजार क्षेत्रमा जडान गरिएका सिसी क्यामरा मर्मत गरेको हो ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको निजी सचिवालयका अनुसार बोराडाँडीदेखि त्रिनगर भन्सारसम्मका १२ वटा, ट्राफिक चौराहदेखि जिल्ला प्रहरी कार्यालयसम्मका १८ वटा र जिल्ला प्रहरी कार्यालय परिसरमा रहेका पाँच वटा सिसी क्यामरा मर्मत गरिएको हो ।
उक्त क्यामेरा मर्मतका लागि उपमहानगरपालिकाले दुई लाख ७१ हजार पाँच सय ४४ रुपैयाँ खर्च गरेको छ। धनगढीमा सिसिटिभी क्यामरा बिग्रिएकाले आपराधिक कृयाकलाप तथा दुर्घटना हुँदा अनुसन्धानमा समस्या हुने गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीले मर्मतका लागि अनुरोध गरेकोमा उपमहानगरपालिकाले मर्मत गरेको हो । धनगढीको मुख्य बजार क्षेत्रमा २४ घण्टा क्यामरा सञ्चालनमा रहने छन् ।

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया