पिपरा गाउँपालिकाका तत्कालीन अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

जनकपुरधाम- महोत्तरीको पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रंजिता झा, सव इन्जिनियर श्याम किशोर मण्डल, निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साहविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।
आव २०७४।०७५ मा पिपरा १ खैरबाको बाटो ढलान कार्यमा कमसल सामग्रीहरू प्रयोग गरी गाउँपालिकाबाट प्राप्त रकम हिनामिना गरेको भन्ने उजुरीको अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा, पिपरा १ को एकरहिया कृषि सडक ओलारदेखि खैरबा सडकको पीसीसी ढलान कार्यमा नभए नगरेको कार्यलाई सवहइन्जिनियर मण्डलले बढी काम भएको नापी किताब तयार पारी बढी मूल्याङ्कन गरी झुट्टा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी उपभोक्ता समितिलाई बढी १ लाख ४८ हजार ९१० रुपैयाँ भुक्तानी दिई सरकारी रकम हानि नोक्सानी पुर्याएको मुद्दामा अख्तियारले भनेको छ ।
अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० (ग) र (ङ) बमोजिमको कसूरमा १ लाख ४८ हजार ९१० रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा ९१० बमोजिम कैद र जरिवाना हुन र सोही दफा बमोजिम बिगो असुल हुनसमेत मागदाबी गरेको छ ।
यस्तै, निर्माण उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षले पीसीसी ढलान कार्यमा बढी काम भएको नापी किताब तयार पारी बढी मूल्याङ्कन गराई गलत नापी किताब, बिल भरपाई र कार्य सम्पन्न प्रतिवेदन तयार एवं स्वीकृत गराई नभए नगरेको काममा बढी भुक्तानी लिई सरकारी रकम हानि नोक्सानी पुर्याएको पुष्टि भएकोले १ लाख ४८ हजार ९१० रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा ९४० बमोजिम सजाय हुन र सोही दफा बमोजिम बिगो जफत हुनसमेत मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता दाहालले जानकारी दिएका छन् ।

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

प्रतिक्रिया