जानकी मन्दिरकाे विवाह मण्डपमा अश्लील टिकटक बनाउने युवक पक्राउ, युवती फरार

जनकपुरधाम- जनकपुरधामस्थित धार्मिक स्थल जानकी मन्दिरको विवाह मण्डप (मडवा) मा अश्लील टिकटक भिडियो बनाएको आरोपमा एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका वडा नं. ६ का १८ वर्षीय अनिरूद्र यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । केही दिन अगाडि जानकी मन्दिरसँगै रहेको विवाह मण्डपमा यादवले एक युवतीसँग अश्लील हरकत गरिरहेको भिडियो टिकटकमा अपलोड गरेका थिए ।
सो टिकटक भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो । स्थानीय युवा तथा धार्मिक अभियन्ताहरूले जिप्रकामा मौखिक रूपमा अश्लील हरकत गर्नेलाई कानुनी कारबाही गर्न माग गरेका थिए । धनुषा प्रहरीलाई स्थानीय मन्दिर प्रशासन, युवाहरूले सामाजिक सञ्जालबाट समेत दबाब दिएपछि उनलाई पक्राउ गरिएको हो ।
अश्लील हरकतसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जनकपुरधामको धार्मिकतामाथि अन्तर्राष्ट्रिय स्तरमै नकारात्मक असर पर्ने भएकाले निजलाई पक्राउ गरिएको र सो घटनामा संलग्न युवतीको खोजी कार्य भइरहेको जिप्रका धनुषाका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जनाएको छ ।
उनले भने, 'घटनामा संलग्न युवक अनिरूद्रलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाई सकिएको र युवतीको खोजी कार्य जारी रहेको छ ।' धार्मिक स्थल रहेको विवाह मण्डपमा मोबाइल र क्यामेरामा प्रतिबन्ध नलगाइएकf कारण यस्ता अश्लील हरकतका कयौं भिडियो सामाजिक सञ्जालमा भाइरल हुँदै आएको छ । तर, यस पटक प्रहरीले एक्सन लिएकाे छ ।
डिएसपी गौतमले भने, 'अनिरूद्रलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउनुको प्रमुख कारण नै अन्य युवायुवतीहरूका लागि सबक हो । यी घटनापछि अन्य युवा युवतीले जानकी मन्दिर मात्र होइन अन्य धार्मिक तथा सार्वजनिक स्थलमा यस किसिमका अश्लील कार्य गर्दैनन् ।'

'६०० मिलियन वर्ष पहिले एक दिन २४ घण्टा होइन, २१ घण्टाको हुन्थ्यो'

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

प्रतिक्रिया