डुरान्ड कप फुटबलका लागि त्रिभुवन आर्मी क्लब भारत प्रस्थान

काठमाडौँ- भारतमा अगस्ट ३ तारिखबाट आयोजना हुने डुरान्ड कप फुटबल प्रतियोगिताका लागि त्रिभुवन आर्मी क्लब भारत प्रस्थान गरेको छ ।
ए डिभिजन लिग क्लब आर्मी शनिबार बिहान भारतको गुवाहाटी प्रस्थान गरेको हो ।
२४ टिमको सहभागिता रहेको प्रतियोगिताका लागि आर्मी समूह ‘ई’ मा रहेको छ । यस समूहमा चेन्नईयन एफसी, दिल्ली एफसी र हैदराबाद एफसी रहेका छन् ।
आर्मीले पहिलो खेल अगस्ट ९ मा दिल्लीविरुद्ध खेल्ने तालिका रहेको छ । आर्मीले दोस्रो खेल चेन्नईयन एफसीविरुद्ध अगस्ट १४ तथा समूह चरणको अन्तिम खेल अगस्ट २२ मा हैदराबादविरुद्ध खेल्ने तालिका रहेको छ ।
डुरान्ड कपमा इन्डियन सुपर लिग, आई-लिग तथा सुरक्षा निकायका टिमको सहभागिता हुने गरेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया