लमजुङमा एक वर्षमा २९१ घरेलु उद्योग दर्ता

लमजुङ- जिल्लामा आर्थिक वर्ष २०७९/८० मा २९१ घरेलु उद्योग दर्ता भएका छन् । एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा २९१ नयाँ उद्योग दर्ता भएका हुन् ।
यस अवधिमा ३९८ घरेलु उद्योगको नवीकरण भएको कार्यालय प्रमुख मीताकुमारी थापाले बताइन् । उनका अनुसार सोही अवधिमा वाणिज्यतर्फ २०८ नयाँ दर्ता भएका छन् भने ५१८ को नवीकरण भएको छ ।
आव २०७८/७९ मा ६८५ घरेलु उद्योग दर्ता भएका थिए । कार्यालय प्रमुख थापाका अनुसार सो अवधिमा दुई सय ८२ घरेलु उद्योगको नवीकरण भएका थिए । वाणिज्यतर्फ चार सय आठ नयाँ दर्ता भएका थिए भने ३७१ नवीकरण भएका उक्त कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आव २०७७/७८ मा ९७०, आव २०७६/७७ मा ६६९, आव २०७५/७६ मा चार सय ६८ आव र २०७४/७५ मा २६७ नयाँ उद्योग दर्ता भएका कार्यालयले जनाएको छ । बेँसीसहर बजार, सुन्दरबजार, भोटेओडार, सोती पसल भोर्लेटारलगायत स्थानमा उद्योग/व्यवसाय तथा पसल गर्नेको सङ्ख्या बढिरहेकाले नयाँ उद्योग दर्ता पनि बढेको कार्यालय प्रमुख थापाले बताइन् ।
उनका अनुसार दर्ता भएकामध्ये अधिकांश कृषि फर्म, सिलाइकटाइ, अलैँची, ब्युटिपार्लर, कृषि औजार, मौरीपालन, बङ्गुर फर्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत छन् । जिल्लामा हालसम्म ५ हजार ६६२ घरेलु उद्योग दर्ता भएको छ भने५ हजार ३४५ वाणिज्य दर्ता भएको उक्त कार्यालयले जनाएको छ ।
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_xpROEKh4PH_o01ipw6kp6csss8pylpjma12kjd6xckwqegmrf4sf4x8sulaliqhksiq9gwy.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन

मनास्लु पदमार्गमा लडेर गुरुङको मृत्यु

प्रतिक्रिया