दक्षिण कोरियामाथिको जितसँगै मोरक्कोको अन्तिम १६ को सम्भावना कायमै

काठमाडौँ- फिफा महिला विश्वकप फुटबलअन्तर्गत मोरक्कोले अन्तिम १६ को सम्भावना कायमै राखेको छ ।
समूह ‘एच’ अन्तर्गत अस्ट्रेलियाको हिन्दमार्स स्टेडियममा आज भएको खेलमा दक्षिण कोरियालाई १-० गोलअन्तरले पराजित गर्दै मोरक्कोले प्रि-क्वार्टरफाइनलको सम्भावना कायमै राखेको हो ।
पहिलो खेलमा जर्मनीसँग ६-० को पराजय भोगेको मोरक्कोले दुई खेलमा ३ अंक जोडेको छ ।
यता दक्षिण कोरियाले भने कोलम्बियाविरुद्ध २-० को पराजय भोगेको थियो । मोरक्कोसँग पराजित भएपछि दक्षिण कोरियाको अन्तिम १६ को सम्भावना न्यून बनेको छ ।
आजको खेलमा मोरक्कोको जितमा इब्टिसाम जराइदीले छैटौं मिनेटमा गरेको गोल नै पर्याप्त रह्यो ।
जराइदी मोरक्कोका लागि महिला विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेकी छन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया