सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

बोरुसिया डर्टमन्डसँग म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौँ- इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले जर्मन क्लब बोरुसिया डर्टमन्डसँग पराजित भएको छ ।

अमेरिकाको लास भेगसस्थित एलिजियन्ट स्टेडियममा आज बिहान भएको मैत्रीपूर्ण फुटबल खेलमा बुन्डेसलिगा क्लब डर्टमन्डले युनाइटेडलाई ३-२ गोलअन्तरले पराजित गरेको हो ।

डर्टमन्डको जितमा डोनियल मालेनले २ तथा युसोफा मोउकोकोले एक गोल गरे । युनाइटेडका लागि डिएगो डालोट र एन्टोनीले एक-एक गोल गरे ।

डालोटले २४ औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । तर डर्टमन्डका मालेनले ४३ औँ र ४४ औँ मिनेटमा लगातार दुई गोल गरे ।

त्यसपछि युनाइटेडका एन्टोनीले ५२ औँ मिनेटमा गोल गर्दै खेललाई २-२ को बराबरीको अवस्थामा पुर्‍याएपनि युसोफाले ७१ औँ मिनेटमा गोल गर्दै डर्टमन्डलाई जित दिलाए ।