काज फिर्ता भएनन् पोखराका स्वास्थ्य कर्मचारी

पोखरा- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा फरक ठाउँमा कामकाज गर्दै आएका स्वास्थ्यकर्मीलाई धमाधम फिर्ता पठाउन थालेको छ । मन्त्रालयले असार २५ गते नै मन्त्रालय मातहतका सबै निकाय, सातै प्रदेश र सबै स्थानीय तहलाई दरबन्दी भएका ठाउँमा फर्कन सूचना जारी गरेको थियो । साउन १ गतेदेखि नै साविककै कार्यालयमा फर्कन गरेको सूचना नमानेपछि साउन ८ गते पुनः मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरेको थियो ।
स्वास्थ्यमा नेतृत्व सम्हालेर बसेका तथा पहुँचका आधारमा केन्द्रमा बसिरहेका स्वास्थ्यकर्मीलाई यस पटक स्वास्थ्य मन्त्रालयले कुनै पनि बहानामा छुट दिन नसकिने भन्दै दरबन्दी भएकै स्वास्थ्य संस्थामा काज फिर्ता गर्न लागेको हो । सोही अनुसार पोखरा महानगरमा पनि केही स्वास्थ्यका कर्मचारी दरबन्दी अनुसारको काजमा जानुपर्ने देखिएको छ ।
पोखरा महानगरको स्वास्थ्य महाशाखामा ३ सय ३४ स्वास्थ्यकर्मी छन् । उनीहरू महानगरका ३३ वटै वडामा खटिएका छन् । यीमध्ये केही कोरोना र अन्य समयमा महानगरलाई आवश्यक परेको समयमा विभिन्न स्वास्थ्य संस्थाबाट आएर काम गरिरहेका छन् । साउन ८ गते मन्त्रालयले गरेको पत्राचारको बेवास्ता गर्दै पोखरा महानगरपालिका अन्तर्गत स्वास्थ्य महाशाखामा कार्यरत कर्मचारी अझै काजमा फर्किएका छैनन् । पोखरामा ५७ जना कर्मचारी स्वास्थ्य महाशाखाबाट टाढिने छन् । जसमा ३७ जना कामकाज गर्न आएको, ११ जना पदस्थापन भएर पनि नगएका र ९ जना दरबन्दीभन्दा बढी तर काममा बसेका स्वास्थ्यका कर्मचारी रहेको स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले बताए ।
उनीहरूलाई असार २३ गतेको महानगरको २० औं कार्यपालिका बैठकले नै दरबन्दी रहेको स्थानमा पदस्थापन गर्न आदेश दिइसकिएको महानगरका सूचना अधिकारी किरणप्रसाद कोइरालाले जानकारी दिए । सो समयमा ५७ जना यकिन गरेर प्रक्रिया अघि बढाएको उनले सुनाए ।
कार्यपालिकाको बैठक अनुसार दरबन्दी खुला गर्ने र भएका स्वास्थ्यका कर्मचारी दरबन्दी भएको ठाउँमा पठाउने निर्णय भएकोमा एउटा प्रक्रिया अघि बढेको तर अर्को रोकिएको महाशाखा प्रमुख आचार्यले बताए । ‘महानगरले निर्णय गरे अनुसार खाली भएको ठाउँमा पदपूर्ति गर्ने भनेर विज्ञापन पनि गरेको थियो,’ उनले भने, ‘विज्ञापन खुलाएर खाली भएको ठाउँमा राख्ने र कामकाज गर्न आएका लागि दरबन्दी भएको ठाउँमा पठाउने निर्णय भएको थियो । त्यसमा एउटा कार्यान्वयन भयो अर्को भएन । जसले समस्या जटिल हुँदै गएको छ ।’
काजबाट फर्कन पनि समस्या रहेको उनले बताए । पोखरा महानगरबाट रमाना बुझेर कहाँ जाने भन्ने मै अन्यौल रहेको उनको भनाइ थियो । डेँगी, झाडापखालाको समयमा कर्मचारीहरूलाई रमाना दिएर पठाउँदा महानगरमै समस्या हुने देखिन्छ । अर्कोतर्फ उनीहरूको स्थानमा अरु नै स्वास्थ्यकर्मीहरू भर्ना भइसकेको काजमा जानुपर्नेहरू बताउँछन् ।
केन्द्रको निर्देशन मान्ने हो भने पोखरा महानगरको स्वास्थ्य महाशाखा प्रमुख आचार्य आफैँ काजमा फर्कनुपर्ने हुन्छ । किनभने उनी आफैँ पनि स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेशबाट महानगरमा आएका हुन् । उनीसँगै अन्य स्वास्थ्यकर्मीहरू लमजुङ, बागलुङ, पर्वत, स्याङ्जा, पाल्पा, गोरखा, नवलपुर, तनहुँ, सिन्धुपाल्चोकका विभिन्न पालिकामा दरबन्दी रहेर पोखरामा काम गरिरहेका छन् ।
पोखरामा काम गरिरहेका स्वास्थ्यकर्मीका स्थानमा लोकसेवाबाट कर्मचारी पदपूर्ति भइसकेको प्रमुख आचार्यले बताए । ‘सम्बन्धित तत्तत् ठाउँमा जान पनि लोकसेवा आयोगबाट परिपूर्ति भइसकेको अवस्था छ । उहाँहरू त्यहाँ जाँदा पनि धेरैले हाजिर गर्न पाउनुहुन्न,’ उनले भने, ‘अवस्था जटिल हुँदैछ । उनीहरू जानेबित्तिकै पोखराको स्वास्थ्य संस्थाहरूमा समस्या हुन्छ ।’
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_49i0fCttPx_5dg8crggyej6xzavepql7zehopmsonxjngvefxbm5t9epysqgdvbwhdmscmx.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन

मनास्लु पदमार्गमा लडेर गुरुङको मृत्यु

प्रतिक्रिया