शाहरुखको ‘जिन्दा बन्दा’ को बजेटमा अनुरागले बनाउँछन् तीन फिल्म

मुम्बई - शाहरुख खान अभीनित ‘जवान’को पहिलो गीत ‘जिन्दा बन्दा’ सोमबार सार्वजनिक भएको छ । तर गीत रिलिजसँगै शाहरुखका फ्यान गीतलाई लिएर निराश भएका छन् । शाहरुखले पानी सरी पैसा बगाएको तर पनि गीत गतिलो नभएको धेरैको टिप्पणी छ ।
शाहरुख आफैँ निर्मातासमेत रहेको यो गीतका लागि १५ करोड खर्चिएको समाचार आएका छन् । तर टिप्पणीकर्ताले औसत गीतका लागि यत्ति धेरै पैसा खर्च गर्नुभन्दा यत्तिको पैसामा अनुराग कश्यपले तीन वटा फिल्म बनाउने भन्दै, बरु त्यो पैसा अनुरागले दिएको भए हुने भनी टिप्पणी गरेका छन् ।
रेहान नाम गरेका दर्शकले लेखेका छन्, ‘श्रीराम राघवनले १६ करोडमा 'बदलापुर' बनाएका थिए त्यो पनि वरुण धवन र नवाजुद्दिन जस्ता स्टारलाई लिएर । अनुराग कश्यपले ३ करोडमा 'रमन राघव' बनाएका थिए । यस हिसाबले शाहरुखको एउटा गीतको बजेटमा तीनवटा 'रमन राघव' बनाउँथे । तर शाहरुखले यत्रो खर्च गरेको गीतले फिल्मलाई केही फाइदा गर्नेवाला छैन ।’
उनले संगीतकार अनिरुद्र र गीतकार इरसाद कामिलले पहिला राम्रै गीतमा सहकार्य गरेको भए पनि यो पालि चुकेको बताएका छन् । ‘जिन्दा बन्दा’लाई अनिरुद्रले संगीत दिएसँगै स्वर पनि दिएका छन् । तर धेरैले गीतमा उनको स्वर नै बिझाएको पनि टिप्पणी गरेका छन् । ‘जवान’मा शाहरुखको दोहोरो भूमिका रहेको छ । शाहरुखबाहेक फिल्ममा नयनतारा, विजय सेतुपति, सान्या मल्होत्रा र दीपिका पादुकोनको पनि मुख्य भूमिका रहेको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया