कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेस

विराटनगर- गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गरेका छन् । कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता थापाले आज (मंगलबार) प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाका १ सांसदको समर्थन छ । थापालाई मुख्यमन्त्री नियुक्त गर्नका लागि आजै सभामुख बाबराम गौतमले राजीनामा दिएर हस्ताक्षर गरेका थिए ।
यसअघि मुख्यमन्त्री नियुक्त भएका थापाकाे पद सर्वाेच्च अदालतले खारेज गरिदिएकाे थियाे ।

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

हात्तीको आक्रमणबाट मृत्यु
भोजपुर क्याम्पसलाई ६ लाखको स्मार्ट बोर्ड हस्तान्तरण

प्रतिक्रिया