फिफा विश्वकपः इटालीलाई स्तब्ध पार्दै दक्षिण अफ्रिका नकआउट चरणमा

काठमाडौँ- दक्षिण अफ्रिका फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह ‘जी’ अन्तर्गत न्यूजिल्यान्डको वेलिङ्टन रिजनल स्टेडियममा आज भएको खेलमा इटालीलाई ३-२ ले पराजित गर्दै दक्षिण अफ्रिका अन्तिम १६ मा प्रवेश गरेको हो ।
दक्षिण अफ्रिका समूहको उपविजेताको रुपमा अघिल्लो चरणमा प्रवेश गरेको हो । दक्षिण अफ्रिकाले ३ खेलबाट ४ अंक जोडेको छ । यता ३ अंक जोडेको इटाली भने समूह चरणबाटै बाहिरिएको छ ।
दक्षिण अफ्रिकाको जितमा हिल्दाह मगाइया र थेम्बी गाट्लानाले एक-एक गोल गर्दा इटालीकी बेनेडेटा ओर्सीले एक आत्मघाती गोल गरिन् ।
इटालीका लागि दुवै गोल आरियाना कासुराले गरिन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया