प्रदेशलाई पूर्ण रुपमा आर्थिक र प्रशासनिक स्वायत्तता दिनुपर्छः सभामुख पाठक

काठमाडौँ - बागमती प्रदेश सभाका सभामुख भुवन पाठकले प्रदेशलाई आर्थिक र प्रशासनिक स्वायत्तता पूर्ण रुपमा दिनुपर्ने बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख पाठकले प्रदेशलाई आर्थिक र प्रशासनिक रुपमा पूर्ण स्वायत्तता दिनुपर्ने बताएका हुन् । उनले अझैपनि सबै साधन, स्रोत र शक्ति संघ सरकारसँगै रहेको र प्रदेश सरकारपनि संघमा नै आश्रित हुनुपर्ने अवस्था आएको बताए । यसका कारण प्रदेश संकुचित हुनुपरेको उनको भनाई छ । आर्थिक र प्रशासनिक अधिकार नपाउँदा प्रदेशले आफ्नो उद्देश्य पूरा गर्न नसकेको उनले बताए । सभामुख पाठकले आर्थिक र प्रशासनिक अधिकार नदिइएसम्म प्रदेश सभा स्वतन्त्र र स्वायत्त हुन नसक्ने उल्लेख गरे ।
उनले भने, – ‘मुल समस्या संघमा छ । संघ हाम्रो अभिभावक हो । सबै साधन, स्रोत, शक्तिपनि सबै संघमै छ । संघ अलि उदार हुनुपर्छ । राजनीतिक रुपमा संघीयतामा हामी धेरै हदसम्म सफल भयौँ । तर आर्थिक स्वतन्त्रता र प्रशासनिक स्वतन्त्रता त्यो अझसम्म पनि सम्भव भएको छैन । त्यो कारणले पनि धेरै हदसम्म हामी संकुचित भएका छौँ । धेरै हदसम्म हाम्रो उद्देश्य हामीले प्राप्त गर्न सकेका छैनौँ । प्रदेश पनि पूर्ण रुपले स्वायत्त र स्वतन्त्र सरकार हो । स्थानीय सरकार पनि पूर्ण रुपले स्वायत्त हो । तर कुनै न कुनै रुपले सरकारसँग आश्रित हुनुपर्ने अवस्था सिर्जना भएको छ । चाहे प्रदेश होस् । चाहे स्थानीय सरकार होस् । आर्थिक स्रोत पूर्ण रुपमा सरकारको हातमा छ । सरकारको कृपा, दया, मायाले मात्र प्राप्त गर्नसक्ने अवस्था छ भने कुनै न कुनै रुपले त्यो सरकारको छायाँमा त रहने नै भयो नि प्रदेश । त्यसैगरी आर्थिक स्वतन्त्रता पनि छैन । सरकारले कर्मचारीहरु खटाउछ, सबै सरकारका कर्मचारीहरु प्रदेश सभामा रहने नै भयो । अनि जसले खटाउँछ उसको उत्तरदायित्व त स्वभाविक सरकारसँग हुने भयो नि । वृत्तिविकासमा सरकारको भुमिका हुने भयो । सरकारले चाह्यो भने सरुवा, बढुवा गर्नसक्ने भयो । अनि कसरी प्रशासनिक स्वतन्त्रता हुन्छ ? सरकारसँग आर्थिक रुपमा आश्रित हुनुपरेपछि कसरी आर्थिक स्वतन्त्रता हुन्छ ? जब आर्थिक र प्रशासनिक रुपले स्वतन्त्र र स्वायत्त हुन नसकेपछि त्यो प्रदेश सभा स्वतन्त्र हुनसक्दो रहेनछ । यसकारण आर्थिक स्वतन्त्रता र प्रशासनिक स्वतन्त्रतापनि पूर्ण रुपले हुनुपर्छ । यो व्यवस्थापन हुनुपर्छ । यो जबसम्म हामीले गर्दैनौँ तबसम्म प्रदेश सभा स्वतन्त्र र स्वायत्त हुन सक्दैन ।’
उनले प्रदेशलाई संघ र स्थानीय तह बिचको पुलको रुपमा परिकल्पना गरिएको भएपनि प्रदेश यि दुई तहबीचको पुल बन्न नसकेको बताए ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया