श्रीलङ्कामा सजिनालाई ‘मिस एलिगेन्स’को उपाधि

काठमाडौँ - श्रीलङ्कामा आयोजना भएको ‘मिस वल्र्ड टुरिजम २०२३’ नेपालको प्रतिनिधि सजिना खनालले ‘मिस एलिगेन्स’ शिर्षकको उपाधि हात पार्न सफल भएकी छन् । ३५ देशको सहभागीता रहेको प्रतियोगीतामा उनले आफुलाई उत्कृष्ट दश भित्र उभ्याउदै उक्त उपाधि हात परेकी हुन् ।
खनालले आफुले श्रीलङ्कामा उपाधि प्राप्त गरेको खुसी सामाजिक संजालमा शेयर गर्दै सहयोगीलाई धन्यवाद समेत दिएकी छन् । श्रीलङ्काको कोलम्बोमा १२ दिन आयोजना भएको प्रतियोगीता हालै सम्पन्न भएको थियो ।
सर्लाहीकी २२ वर्षीया खनाललाई उक्त प्रतियोगीतामा इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वल्र्ड टुरिजम नेपाल’को उपाधि सहित पठाएको हो ।
श्रीलङ्का उड्नु अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र खानेपानी मन्त्री महिन्द्र राय यादवले उनलाई मन्त्रालयमा भेट्दै जितको शुभकामना समेत दिएका थिए ।
प्रतियोगीतामा नेपाली पहिरन, कलासंस्कृति मार्फत आफुले नेपाल चिनाउन सफल भएको खनालले बताइन् । प्रतियोगीताको सिकाई र अनुभव अगामी दिनको यात्रा अगाडि बढ्न सहयोग पुग्ने उनको बुझाइ छ ।

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

मिस टीनको फाइनलमा २० किशोरी सहभागी हुँदै

मिस नेपाल २०२४ कै लागि अस्ट्रेलियाबाट फर्केकी करुणा उत्कृष्ट २६ मा छनौट

प्रतिक्रिया