प्रि-सिजन टूरको अन्तिम खेलमा रियल मड्रिड पराजित

काठमाडौँ- स्पेनिस क्लब रियल मड्रिड प्रि-सिजन टूरको अन्तिम खेलमा पराजित भएको छ । अमेरिकाको फ्लोरिडास्थित क्याम्पिङ वर्ल्ड स्टेडियममा भएको खेलमा इटालियन क्लब युभेन्टसले मड्रिडलाई ३-१ गोलले पराजित गरेको हो ।
६५ हजार ५०३ दर्शकसामू भएको खेलमा मोइज कीनले खेलको पहिलो मिनेटमा नै युभेन्टसलाई अग्रता दिलाएका थिए ।
टिमथी वीहले खेलको २० औँ मिनेटमा युभेन्टसको अग्रता दोब्बर बनाए । भिनिसियस जुनियरले खेलको ३८ औँ मिनेटमा मड्रिडको गोलको खाता खोले ।
डुसान भ्लाहोभिकले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै युभेन्टसको जित सुनिश्चित गरे ।
यसैसँग मड्रिडको अमेरिकाको प्रि-सिजन टूर सकिएको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया