सरकारमा सहभागी हुनबारे निर्णय गर्दै जनमत

काठमाडौँ - जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंमा बसेको छ ।
बिहीवार काठमाडौंमा केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रिय कार्यकारिणी समितिको बैठकमा एकैपटक बसेको हो । बैठकमा सरकारमा सहभागी हुनेकुरा मुख्य एजेण्डा रहेको छ । बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले सरकारमा सहभागी हुने एजेण्डासहित बैठक बस्न लागेको बताए । उनले संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउने विषय रहेको पनि बताए ।
उनले भने, ‘केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्यो । हाम्रो मुल एजेण्डा भनेको संगठन सुदृढीकरण,अभियान चल्दैछ । त्यसलाई कसरी प्रभावकारी बनाउने विषयमा केन्द्रित छ । विभिन्न समितिमा मनोनित गर्नुपर्ने नामहरु मनोनित गर्न र विभिन्न विभाग गठन गर्न बैठक बसेको हो । सरकारमा सहभागीताको विषयमा पनि छलफल हुनेछ ।’
अध्यक्ष राउतले पार्टीको बैठकमा पार्टीका विभिन्न समितिमा मनोनित गर्नुपर्ने सदस्यहरु, विभिन्न विभाग गठनको विषयमा पनि छलफल हुने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया