घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

मकवानपुर- गाउँपालिकाका अध्यक्षले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिएपछि शारीरिक अशक्त भएर घरमै बसिरहेका मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका-८ इपाका प्रेमबहादुर कठायत खुसीले भावविह्वल भए ।
'मलाई खोजेर घरैमा आएर हातैमा भत्ता देलान् भन्ने कल्पनै गरेको थिइनँ,' उनले भने, 'अध्यक्षको लगन देखेर खुसी लाग्यो, साँच्चै जनताको माया गर्ने र विकास प्रेमी रहेछन् ।'
शारीरिक रूपमा कमजोर भएको अवस्थामा आफ्नो प्रतिनिधि आफ्नै घरमा सामाजिक सुरक्षा भत्ता लिएर आएपछि मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका वडा नम्बर ८ ज्येष्ठ नागरिकहरू खुसी भएका छन् । स्थानीय ८३ वर्षीय बद्रीबहादुर दानिले स्थानीय सरकार भएको आभास बल्ल भएको प्रतिक्रिया दिए ।
यस आर्थिक वर्षदेखि गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम गाउँमा पुगेर सुरु गरेकाे हो । चालु आर्थिक वर्षको साउन १५ गतेबाट सुरु गरिएको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम अन्तरगत भीमफेदी गाउँपालिका-८ साविक इपा गाविसका वडा ५,६,७,८, र ९ वडाका लागि वडा कार्यालय इपाबाट वितरण गरिएको हो ।
भीमफेदी गाउँपालिकाको वडा नम्बर ८ को वडा कार्यालयमा गाउँपालिकाका अध्यक्ष हिदम लामा, वडाध्यक्ष विष्णुबहादुर लामा, वडा सदस्य नबराज अधिकारी, वडा सचिव कृष्णबहादुर बस्नेतलगायतका साथमा प्रभु बैंकका प्रतिनिधिहरू पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
कार्यक्रम सुरु भएयता गाउँका जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायत सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीलाई हेटौंडा, भीमफेदी, काठमाडौँ जान नपर्ने अध्यक्ष लामाले बताए ।
गाउँपालिका अध्यक्ष लामाले जनताको पक्षमा काम गर्न आफू सधैं तत्पर रहेको बताए । अपाङ्गता भएकाहरू, एकल महिला र दलित बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।
भीमफेदी गाउँपालिकाको विकट गाउँदेखि हेटौंडा आएर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने दु:खको अन्त्य गरेको वडाध्यक्ष विष्णुबहादुर लामाले बताए । यसैगरी प्रत्येक तीन महिनामा जनप्रतिनिधिलगायत वडाका कर्मचारीकाे रोहबरमा बैंकको प्रतिनिधि मार्फत गाउँमा नै आएर भत्ता वितरण गरिने वडाध्यक्ष लामाले बताए ।

सौहार्द र कान्तिपुर इन्टरनेशनल कलेजको सहकार्यमा प्लस टुका विद्यार्थीलाई अभिमूखी…

दोर्दी गाउँपालिकाले नागरिकको निःशुल्क बिमा गर्ने

प्रहरी महानिरीक्षक थापाले रोपे रूद्राक्ष र निमको रूख

काठमाडौँमा दिक्तेलका मेयरले सुरु गरे ‘सत्याग्रह’

रोटरी क्लब अफ बानेश्वरद्वारा रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण …

गुल्मीमा आगलागीबाट युवतीको निधन

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_YyFZSnuApH_qjz3uederbdyfvbm2aoozmleczrovybzglwcjjzgwa847zldppav2zdse5by.jpg)
प्रतिक्रिया