'श्रीलंका भ्रमण गर्ने भारतीय टोलीको प्रशिक्षकमा द्रबिड नै'

काठमाडौँ: भारतीय क्रिकेट टिमले आउँदो जुलाईमा श्रीलंका भ्रमण गर्दैछ । यद्यपि त्यो दोस्रो रोजाईको टिम हुनेछ । विराट कोहलीसहितको पहिलो रोजाईको टिम त्यसबखत इंगल्यान्डमा हुने भएकाले भारतले छिमेकी श्रीलंकातर्फ दोस्रो रोजाईको टोली पठाउन लागेका हो ।
श्रीलंका भ्रमण गर्ने भारतीय टिममा अधिकांश खेलाडी ‘ए लिस्ट’ का हुनेछन् । जसले कोलोम्बोमा तीन टेस्ट र तीन एक दिवशिय खेल खेल्नेछ । त्यस टिमको प्र्रशिक्षक को हुने भन्ने खुलाइएको छैन । भारतका पूर्व कप्तान राहुल द्रबिडलाई प्रशिक्षणको जिम्मेवारी दिने अनुमान छ । यद्यपि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले यसबारेमा केही बताएको छैन ।
तर कोलकाताबाट प्रकाशित हुने अंगे्रजी अखबार दी टेलिग्राफले राहुल द्रबिड प्रशिक्षक बन्न तयार भइसकेको दाबी गरेको छ । आफ्नो स्रोतको हवाला दिँदै टेलिग्राफले लेखेको छ, ‘द्रबिड श्रीलंकाको भ्रमणमा जाने भारतीय टोलीको प्रशिक्षक बन्न राजी भइसकेका छन् । बीसीसीआईले केही दिनमै उनको नाम घोषणा गर्नेछ । द्रबिडलाई पूर्व बलर पारस माम्ब्रेले सहयोग गर्नेछन्,’
रवी शास्त्री, भरत अरुण र विक्रम राठौर इंगल्यान्ड भ्रमणमा रहने भएकाले बीसीसीआईले श्रीलंका जाने भारतीय टिमका लागि प्रशिक्षकको खोजी गरिरहेको थियो ।
हाल नेसनल क्रिकेट एकेडेमीका प्रमुख रहेका द्रबिडसँग अण्डर १९ र ए टिमका प्रशिक्षक रहेको अनुभव छ । सन् २०१४ मा भारतीय टिमले इंगल्यान्डको भ्रमण गर्दा द्रबिड ‘ब्याटिङ कन्सल्टेन्ट’ थिए ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया