डियरवाक सिफल स्कुलले अन्तर-विद्यालय स्तरीय कविता प्रतियाेगता आयाेजना गर्न

काठमाडाैँ– नेपाली भाषा र साहित्यकाे श्रीवृद्धि गर्ने उद्देश्यअनुरूप डियरवाक सिफल स्कुलले अन्तर-विद्यालयस्तरीय कविता प्रतियाेगता आयाेजना गर्ने भएकाे छ ।
याेजनाअनुसार श्रावण २६ गते स्थलगत कविता लेखन र भाद्र २ गते फाइनल गरेर दुई चरणमा कार्यक्रम सम्पन्न हुने बताइएकाे छ ।
स्थलगत कविता लेखनमा प्रतियाेगीहरूले ताेकिएका शीर्षकमध्ये गाेलाप्रथाद्वारा आफूलाई परेकाे शीर्षकमा कविता लेख्ने छन् र लिपिबद्ध कविताहरूलाई विद्यार्थी स्वयंले खामबन्दी गर्ने छन् ।
उक्त कविताहरूलाई विद्यार्थीहरूले भाद्र २ मा वाचन गर्ने छन् । कविता वाचन पश्चात् सहभागी विद्यार्थीहरू प्रमाणपत्रद्वारा र विजयीहरू पुरस्कार तथा पदकद्वारा सम्मानित हुने छन् ।
कार्यक्रममा निर्णायककाे भूमिकामा कवि रामबाबु सुवेदी, साहित्यकार अनन्त वाग्ले र आयाेजक विद्यालयका शिक्षक प्रतिनिधि लक्ष्मी तिवारी रहने बताइएकाे छ । कार्यक्रममा आयाेजक विद्यालयका विद्यार्थीहरूले अप्रतियाेगी कविका रूपमा आफ्ना कविता वाचन गर्ने छन्।
झण्डै १०० जना सर्जक भाइबहिनीहरू सहभागी हुने उक्त कार्यक्रमबाट विद्यालयहरूका बीचमा आपसी सद्भाव, सहकार्य तथा सौहार्दता उन्नयन हुने अपेक्षा गरिएकाे छ ।

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

प्रतिक्रिया