पार्टीको संगठन विस्तारमा ध्यान दिन पार्टी नेतृत्वमाथि माओवादी नेताहरूको दबाब

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेताहरूले पार्टीको संगठन विस्तार अभियानमा केन्द्रित हुन नेतृत्वलाई दबाब दिएका छन् ।
शुक्रबार तेस्रो दिन पनि काठमाडौँमा जारी पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै नेताहरूले पार्टी संगठन विस्तार अभियानमा केन्द्रित हुन पार्टी नेतृत्वलाई दबाब दिएका हुन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरूले पार्टीको संगठन विस्तारमा जोड दिन नेतृत्वलाई सुझाव दिएको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
उनले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेताहरूले पार्टीको केन्द्रीय कमिटी भद्दा भएको उल्लेख गर्दै त्यसको आकार घटाउनुपर्ने आवश्यकता पनि औंल्याएको बताए ।
महराले भने, ‘केन्द्रीय समितिको आजको तेस्रो दिनको बैठक पनि जारी रह्यो । आज ६८ जना कमरेडहरूले बोल्नुभयो । आज बोल्ने सबै कमरेडहरूले वास्तवमा अध्यक्ष कमरेडको प्रतिवेदनमाथिको छलफलमा नै केन्द्रित रहनुभयो । त्यसमा विशेष गरेर सबैले अध्यक्ष कमरेडको डकुमेन्टलाई समर्थन गर्नुभयो । र, साथसाथै के पनि भन्नुभयो भने जनतामा जानुपर्छ, संगठन विस्तार गर्नुपर्छ । र, पार्टी विस्तारको अभियानमा लाग्नुपर्छ भन्ने कुरा राख्नु भयो । तेस्रो कुरा यो पार्टी कमिटी भद्दा भयो । अलि सानो बनाउनु पर्छ । विधान सम्मेलनमा जुन प्रस्ताव छ । त्यो राम्रो छ पनि भन्नुभयो ।’
आजको बैठकमा ६८ जना नेताहरूले अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया