बेलायतले २० लाख खोप दिने निश्चित भयो
भारतले समयमा काेभिसिल्ड नदिँदा अर्को डोज लगाउने समय सीमा नाघ्दै
काठमाडौँ : नेपालको सबै भन्दा पुरानो कूटनीतिक सम्बन्ध भएको मित्र मुलुक बेलायतले २० लाख डोज आस्ट्राजेनेका (कोभिसिल्ड) खोप काेभ्याक्स कार्यक्रम अन्तरगत उपलब्ध गराउने भएको छ । बेलायतले नेपाललाई अहिले खोपको आवश्यकता परेको भन्दै खोप छिटाे उपलब्ध गराउन लागेको हो । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम मार्फत खाेप (कोभिसिल्ड) उपलब्ध गराउन लागेको हो ।
भारतकाे सिरम कम्पनीले काेभिसिल्ड उपलब्ध नगराएको कारण पहिलो डोज खोप लगाएकाहरूले अर्को डोज लगाउन पाएका छैनन् । यो अवस्थामा पुरानो मित्र मुलुकको सहयोग अग्रसरता आफैँमा अर्थपूर्ण छ । बेलायतले आफैँले नभै काेभ्याक्स कार्यक्रम अन्तरगत उक्त सहयोग गर्न लागेको हो । खाेपमा बेलायतले दुई पक्षीय सहयोग पनि गर्ने बताउँदै आएको छ । हुनत काेभ्याक्स कार्यक्रम अन्तरगत झण्डै २५ लाख खाेप नेपालमा आउने पहिले नै भनिएको थियो । एक खेपपछि आउन सकेको छैन् ।
नेपाललाई खोप उपलब्ध गराउनेबारे त्यहाँकाे उपल्लो सदनमा बहस भएर निर्णयमा पुगेकाे हाे । यद्यपि यो खोप कुनै कूटनीतिक प्रयास वा त्यहाँ रहेका राजदूतको पहलकदमीमा नभइ बेलायतमा रहेका गोर्खा र काठमाडौँमा रहेका बेलायती राजदूत निकोल पोलिटको सक्रियतामा आउन लागेको हो । दुई दिनअघि पोलिटले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारेमा जानकारी दिएकी थिइन तर सरकारले बेलायतसँग खोप मागेको भन्दै खोप राजनीति गरेको थियो ।
बेलायती संसद्को उपल्लो सदन हाउस अफ लर्ड्समा बहस हुने भएपछि राजदूत पोलिटले त्यसको जानकारी प्रधानमन्त्री ओलीलाई दिएकी थिइन् । बहस बिहीबार भएको थियो । बेलायती संसद्मा नेपाललाई सहयोग गर्नेबारे लामै छलफल भएकाे जानकारी परराष्ट्र मन्त्रालयलाई आएको छ ।
अब बेलायत सरकारले औपचारिक रूपमा खोप नेपाल पठाउने बताए पनि उक्त खाेप काेभ्याक्स सहायता अन्तरगत नै रहेको उल्लेख छ । बेलायती विदेश मन्त्रालयले नेपाललाई तत्काल खोप उपलब्ध गराउने जानकारी संसद्मा दिएसँगै निर्णय लिएको हो । यसअघि नेपालले कोभ्याक्स कार्यक्रम अन्तर्गत ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको थियो । त्यसमा पनि बेलायतकाे मुख्य हिस्सा सहयोग थियो ।
बेलायती विदेश मन्त्रालयका अधिकारीले यसअघि पनि नेपाललाई आवश्यक पर्ने सहयोगबारे लगातार छलफल गरिरहेका छन् । बेलायतमा रहेका नेपाली राजदूत स्वयं सक्रिय भएर आफैँल विभिन्न भेटघाट र प्रयास गर्न पर्नेमा उनलाई परराष्ट्रको डेक्सबाट लगातार ताकेता गर्न परिरहेको छ।
मुख्य सचिव रहँदा विधिविधान भन्दा पनि प्रधानमन्त्री रिझाउने खेलमा लागेर राजदूत भएका लोकदर्शन रेग्मीलाई परराष्ट्र मन्त्रालयले घच्घच्याउन परेकाे छ । उनी न राजनीतिक व्यक्ति न कूटनीतिक न त धुरन्धर अध्ययन गरेका व्यक्ति । उनले त्यहाँ गएर आफ्नो कुरा समेत स्पष्ट राख्न नसक्ने परराष्ट्र अधिकारीको धारणा छ । सोही कारण उनले राजदूत भएर जाँदा समेत नेपाल सरकारले दिने प्रशिक्षण समेत छलेका थिए । नाेट: बेलायती राजदूतले केही अस्पष्ट भएकाे भन्दै काेभ्याक्स कार्यक्रम अन्तरगतको सहयाेग रहेकाे स्पष्ट पारेकी छन् ।

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

प्रतिक्रिया