भारतसँगका सन्धि र सीमा समस्या समझदारीमा समाधान गर्नु सक्नुपर्छ : अध्यक्ष थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष एवं पूर्व परराष्ट्रमन्त्री कमल थापाले नेपाल सरकारले भारतसँगका सन्धि र सीमा समस्या समझदारीमा समाधान गर्न सक्नुपर्ने बताएका छन् ।
शुक्रबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध र ईपीजी प्रतिवेदन विषयक संवाद कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले भारतसँग असमझदारी भन्दा पनि समझदारी बढाएर दुई देश भित्रका समस्या समाधान गर्न सरकार लाग्नुपर्ने जिकिर गरे ।
थापाले प्रधानमन्त्री दाहाल भारत भ्रमणबाट खुसी भएर फर्किए पनि व्यवहारिक रूपमा के परिवर्तन भएको भन्ने विषय सबैले देखिरहेको उल्लेख गरे । उनले नेपाल भारतबीच विगतदेखि स्वाभिमान, राष्ट्रियताको दृष्टिकोणबाट महत्वपूर्ण विषयमा समस्याहरू रहेको बताए ।
उनले सन् १९५० को सन्धि, दुई देशबीच रहेको सीमा सम्बन्धी विवाद, सीमा व्यवस्थापन सम्बन्धी विषय, बेला बेला आउने डुबानसम्बन्धी समस्या र पारवहनसँग सम्बन्धित विषयहरूमा रहेका असमझदारीहरूलाई सरकारले ट्रयाकमा राखेर यसैलाई आधार मानेर अरु सम्बन्धहरूलाई असर पर्न दिनु नहुने बताए ।
अध्यक्ष थापाले व्यापार र आर्थिक क्षेत्रको सुदृढीकरणमा ध्यान जान आवश्यक रहेको बताए । उनले नेपाली जनताको परिवर्तित चाहना र मानसिकतालाई समेत सम्बोधन गर्दै मुलुकलाई आर्थिक दृष्टिकोणबाट समृद्ध तुल्याउनका निमित्त भारतसँग अत्यन्तै सुमधुर सम्बन्ध राख्नुपर्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया