चित्लाङबाट सुरु भयो 'हामी तीन भाइ’ को सुटिङ

काठमाडौँ- मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने फिल्म ‘हामी तीन भाइ’को छायांकन सुरु भएको छ । गत असार २९ गते गोर्खास्थित मनकामना मन्दिरमा स्कृप्ट पूजा गरिएको फिल्मको शुक्रबार मकवानपुरको चित्लाङबाट छायांकन सुरु गरिएको हो ।
साजित महत प्रस्तुतकर्ता रहेको फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा , यादव देवकोटा ९सरापे०, भुवन कुमार काफ्ले, नयन कला फुयाँल, पवन केसी, अन्जु हमाल, बिकास चापागाई, सुष्मा निरौला, राज दिप, तारा शर्मा र बाल कलाकार एलेक्स खड्काको अभिनय रहनेछ ।
निर्देशक भट्टराईको कथा रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता र प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ सिनेमाको सह(निर्मातामा छन् ।
प्रसिद्धि सिने आट्सको ब्यानरमा निर्माण हुने फिल्ममा शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, एसबी सापकोटाको संगीत, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर, एलिस कार्कीको पाश्र्वसंगीत, मिक्सिङ मुकेश शाह, भिएफएक्स समिर मियाँ, बनिष शाहको सम्पादन रहेको छ । फिल्मका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञान कुमार कट्टेल तथा सहायक निर्देशक दिनेश कार्की हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया