राष्ट्रिय हित विपरीतका विषयमा कसैसँग सहकार्य हुँदैन : ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित विपरीतका विषयमा कसैसँग सहकार्य गर्न नसकिने स्पष्ट पारेका छन् ।
एमाले परराष्ट्र मामिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको वर्तमान अन्तराष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति सम्बन्धी एमालेको धारणा विषयक कार्यक्रममा ओलीले राष्ट्रिय हितका लागि सरकार वा अन्य कुनै दलले ल्याएको कुरालाई समर्थन गर्न सकिने भएपनि राष्ट्रिय हित विपरीतका बिषयमा सहकार्य गर्न नसकिने स्पष्ट पारे ।
उनले राष्ट्रिय हितका विषयमा एकजुट हुनुपर्नेमा आफूहरुको जोड रहेपनि सरकारले छिमेकी लगाएत अन्य मुलुकसंग गरेको सम्झौता जानकारी नै नहुने बताए । ओलीले भारतले विवादित बनाउन खोजेको सीमा, इपिजी प्रतिवेदन लगाएतका विषयमा प्रधानमन्त्रीको भारत भ्रमणका बेला कुनै टुङ्गो लाग्न नसकेको जिकिर गरे ।
नेपाली आवश्यकता र भावना अनुसार न्यायोचित विषयमा प्रधानमन्त्रीको भारत भ्रमण कमजोर रहेको भन्दै उनले केवल सत्ता स्वार्थ प्रधान भएको बताए । त्यस्तै उनले रुस–युक्रेन युद्धमा नेपाल शान्तिका पक्षधर भएकाले तटस्थ बस्नुपर्ने बताए ।
ओलीले व्यक्तिगत र देशको इगोले गर्दा सार्क असक्त तथा निरीह भएर निष्प्रभाबी हुन पुगेको टिप्पणी गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया