चरित्र निर्माणमा नयाँ पुस्ताको मेहनत, प्रयास छ परिपक्वता छैन

काठमाडौँ- कलाकारितामा आफ्नो चरित्रलाई जीवन्त बनाउन कलाकारले गरिरहेको मेहनतको चर्चा हुन थालेको छ । बाहिरी आवरणमा मात्र परिवर्तन ल्याउने कलाकार अहिले चरित्रमा बाँच्न थालेका छन् । यसका लागि कलाकारले आफूले निर्वाह गर्ने भूमिकालाई आत्मसात गर्ने,लवज सिक्ने, स्थानीयसँग घुलमिल हुने आदि काम गर्ने गरेका छन् । प्रायः चलचित्रमा अभिनय उस्तै भएपछि ‘टाइप कास्ट’ को आरोप खेपिरहेको पुरानो पुस्ताको तुलनामा नयाँपुस्ताका कलाकार भने मेहनती देखिने गरेका छन् ।
रङ्गमञ्च हुँदै ठूलो पर्दाका चलचित्रमा देखिन थालेका सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, प्रमोद अग्रहरीलगायतले आफ्नो चरित्र निर्माणमा गरेको मेहनतले नयाँ पुस्ता फिल्म निर्माणमा गम्भीर भएको संकेत देखिन्छन् । यद्यपि उल्लेखित नामलाई बढी व्यावसायिक बनिरहेको आरोप पनि लाग्ने गरेको छ । तर पनि वर्षाैँ एउटा गेटअप छाड्न तयार नहुने पुराना कलाकारको तुलनामा नयाँको मेहनत उल्लेख्य मान्नुपर्ने हुन्छ । सौगात, विपिन वा दयाहाङ त भइहाले चकलेटी भूमिकामा मात्र देखिँदै आएका कलाकार पनि आफूलाई नयाँ चरित्रमा रिस्क लिन तयार देखिन्छन् ।
गत वर्ष प्रदर्शन भएका चलचित्र ‘छड्के २’ मा अभिनेता अनमोल केसी ग्याङस्टर' र ‘प्रकाश’ मा अभिनेता प्रदीप खड्का जुम्लाको गाउँले भूमिकामा देखिए । नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक खोजिने दुई युवापुस्ताका अभिनेताले आफ्नो भूमिकामार्फत देखाएको परिवर्तनको राम्रै चर्चा भयो । यद्यपि व्यावसायिक सफलता भने प्राप्त हुन् सकेन ।
आफूलाई स्टारडमको छायाँबाट बाहिर आएर जुम्ली युवक बनेपछि पात्रको विविधतासँग परिचित भएको महसुस अभिनेता खड्कालाई छ । 'नयाँ भूमिका खोज्दा प्रकाश पाएँ, चरित्रमा देखिन मैले सक्दो प्रयास गरेको थिएँ, यस्ता चलचित्रमा बारम्बार काम गर्ने मौका मिल्दैन, सदुपयोग गरेको हुँ', अभिनेता खड्काsभनाइ छ ।
गत वर्ष नै प्रदर्शन भएको चलचित्र ‘झिँगेदाउ’ मा अभिनेत्री आँचल शर्माले गाउँले युवतीको भूमिका, ‘बाबरी’ मा अभिनेता धीरज मगरले पूर्वेली युवक, ‘कृष्ण लीला’ मा अभिनेता पुष्प खड्काले अटिजम पीडित युवाको भूमिका निर्वाह निर्वाह गरेका थिए । यीमध्ये केही सफल भए त केही असफल । तर सोचेझै सफलता हात नपरे पनि यस्तो प्रयासले चलचित्र निर्माणलाई परिपक्व बनाउँदै लैजाने प्रदीप भट्टराईको बुझाइ छ ।
'स्टारलाई हेर्न दर्शक हलसम्म आउनुहुन्छ, उनीहरुले चरित्रमा गर्ने मेहनतले लामो समयसम्म जोगाउँछ”, निर्देशक भट्टराई भन्छन् । कलाकारले गरेको मेहनतलाई पटकथा र निर्देशनले पनि मद्धत गर्नुपर्छ । अहिले यो काम भने भइरहेको छैन ।
-रासस

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया