आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

निर्वाचन गर्न सक्छौँ : प्रमुख आयुक्त थपलिया

काठमाडौँ : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले तोकिएको समयमा निर्वाचन गराउन सक्ने आधार प्रस्तुत गरेका छन् । उनले आगामी कात्तिक २६ र मंसिर ३ मा निवाचान गराउन सकिने बताएका हुन् । सरकारले निर्वाचन घोषणा गरेको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओली र उनका सारथीहरुसँगको छलफलमा निर्वाचन आयोगले यस्तो निर्णय सुनाएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले जटिल समयका बावजुद पनि घोषित मितिमा निर्वाचन गर्न सक्ने आधारहरू के के छन् भन्दै जिज्ञासा राख्दा आयोग तयारी अवस्थामा रहेको बताएका थिए । महामारीको समय भए पनि त्यसलाई ध्यानमा राखेर नै निर्वाचनको तयारी गर्ने उनले बताए । 

प्रमुख निर्वाचन आयुक्त थपलियासहित अन्य आयुक्तलाई बालुवाटारमा नै बोलाएर भएको छलफलमा प्रमुख आयुक्तको धारणा पछि सरकार उत्साहित भएको  छ । मुलुुकलाई यतिबेला निर्वाचन नै अपरिहार्य भएकाले समयमा निर्वाचन आवश्यक धारणा ओलीले राखेको र मुलुक अब निर्वाचनमा गएको भन्दै सबै पक्ष उत्तिकै सक्रिय रहनुपर्नेमा जोड दिएका हुन् । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि प्रतिनिधि सभा विघटन भएको हो ।