महोत्तरीमा आँखा पाक्ने रोगको प्रकोप भयावह

महोत्तरी- महोत्तरीमा आँखा पाक्ने रोग फैलिएको छ ।
जिल्लाभर २० हजार भन्दा बढी यो रोगवाट प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सुरुमा एउटा वा दुवै आँखा सुन्निने र चिलाउन सुरु हुने यो रोग विशेषगरी विद्यालयमा अध्ययनरत विध्यार्थीहरुको बढी देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन । उनका अनुसार आँखा रातो हुने, कचेरा लाग्ने, टासिने, आँशु बगिरहने र घाम वा उज्यालोमा हेर्न अफ्ठ्यारो हुने यो रोगको लक्षण भएको चिकित्सकहरुको भनाइ छ ।
यो रोगको प्रकोप तिव्ररुपमा फैलिए पछी निको नहुन्जेल रोग लागेका विद्यार्थीहरुलाइ घरमा राख्न अभिभावकहरुलाइ अनुरोध गरेको एभरेस्ट बोर्डिङ्ग बर्दिबासका संचालक अरुण कार्कीले जानकारी दिए । साे रोग फैलने क्रम तिव्र भएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा अझ यो रोग फैलने क्रममा रहेको चिकित्सकहरुले वताएका छन ।
अहिले जिल्लाका किल्निक र अस्पतालहरु आँखा उपचार गराउन आउनेले भरिने गरेको छ । बर्दिबास सरकारी अस्पतालमा मात्र यो रोग उपचार गराउनेको संख्या दोब्बरले बृदी भएको अस्पतालले जनाएको छ ।
यस रोगबाट बच्न के गर्न सकिन्छ ?
यो रोग प्रकोपको रुपमा भयावह भएर फैलिएता पनी सामान्य भएको चिकित्सकहरुले सल्लाह दिएका छन् ।
उनीहरुको अनुसार सामान्य बिषयहरुमा ध्यान दिएता पनी रोग निको हुन सक्दछ । जथाभावी रुपमा आँखा नछुने, आँखा छुनु भन्दा पहिले राम्ररी साबुन पानीले हात सफा गर्ने, सफा पानीले आँखा सफा गर्ने संक्रमितहरुले प्रयोग गरेका तौलिया, रुमाल प्रयोग नगर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता उनिहरुको सुझाव रहेको छ ।
रोग लागि हालेमा पनि नडराउन चिकित्सकहरुले सचेत गराएका छन । रोग लागि हालेमा पटक पटक सफा चिसो पानीले आँखा सफा गर्ने, आँखा छोइ सकेपछी हरेक पटक साबुन पानीले हात सफा गर्ने, आफूले प्रयोग गर्ने रुमाल, तौलिया, कपडा छुट्टाछुट्टै राख्ने र अरुलाई प्रयोग गर्न वा छुन नदिने, कालो चस्माको प्रयोग गर्ने, आफुले प्रयोग गरेको सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने, जथाभावी रुपमा आँखामा औषधिको प्रयोग नगर्ने कुराहरुमा उनिहरुले सचेत गराएका छन् ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया