‘शहजादा’ फ्लपको असर, कार्तिकले रिमेकमा कहिलै काम नगर्ने

मुम्बई - अभिनेता कार्तिक आर्यनले आइन्दा रिमेकमा काम नगर्ने घोषणा गरेका छन् । उनले बीबीसी एसिया नेटवर्कसँग कुरा गर्दै अर्काको जुत्तामा खुट्टा राखेर नहिँड्ने निर्णय गरेको बताएका छन् ।
‘आज भोलि जुन फिल्मको पनि कुरा हुन्छ, कुनै न कुनै फिल्मको रिमेक हुन्छ । तर अब मैले यस्ता फिल्म नगर्ने निर्णय गरेको छु । म अरु कसैले बाँचिसकेको चरित्र बाँच्न चाहान्न,’ उनको भनाइ छ ।
कार्तिक आर्यनको ‘शहजादा’ नराम्ररी फ्लप भएपछि उनी रिमेकसँग तर्सिन थालेका हुन् । दुई अर्ब हाराहारीमा बनेको फिल्मले जम्मा ४७ करोडको व्यापार गरेको थियो जसमा भारतको व्यापार ३८ करोड थियो ।
यो फिल्म अल्लु अर्जुन अभीनित ‘आला बैकुण्ठपुरमलु’को रिमेक थियो । तेलगुमा बनेको यो फिल्मले दक्षिण भारतमा सुपरहिटको व्यापार गरेको थियो । यसैबाट लोभिएर निर्माताले यसको रिमेक बनाएका थिए । तर दर्शकले यो फिल्म हेर्ने कष्ट गरेनन् । यही हालत साहिद कपुर अभीनित ‘जर्सी’को पनि भएको थियो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया