८८४८ जना कोभिड संक्रमणमुक्त भए, १२९ को मृत्यु

काठमाडौँ : पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । भने ८ हजार ९ सय ८० जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२९ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
देशभर गरिएको २० हजार एक सय ५ पीसीआर परीक्षणका क्रममा ८ हजार ५ सय ९१ र ७४८ एन्टीजेन परिक्षणका क्रममा ३८९ मा कोभिड सक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या पाँच लाख ५ हजार ६ सय ४३ पुगेको छ ।
त्यस्तै कोभिडका कारण मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ । हालसम्म नेपालमा तीन लाख ८३ हजार ६८४ ले संक्रमणलाई जितेका छन् ।
हाल नेपालमा १ लाख १५ हजार ८०६ सक्रिय संक्रमित आइसोलेशनमा र ८८६ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २८ लाख ९७ हजार ५०३ वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया