सल्यानमा घाँस काट्न गएकी महिलाको बीभत्स हत्या

सुर्खेत - सल्यानमा एक महिलाको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । घरबाट घाँस काट्न गएकी ती महिलाको घाँटी रेटेको अवस्थामा मकै बारीमा शव फेला परेको छ ।
शारदा नगरपालिका १४ ढारखानीका ४७ वर्षिया उर्मीला गिरीको मकै बारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आज बिहान सात बजे घाँस काट्न गएकी गिरीको मकै बारीमा हत्या गरिएको अवस्थामा शव भेटिएको हो । बिहान १० बजेतिर वीभत्स अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए ।
उनका अनुसार घटनाको प्रकृति हेर्दा घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । ‘म अहिले घटनास्थलबाट फर्किदै छु, यसबारे थप अनुसन्धान सुरु गरिएको छ,’ खनालले भने, ‘वीभत्स अवस्थामा घाँटी रेटेर हत्या गरिएको छ, अनुसन्धानका लागि प्रहरी गम्भीर भएर लागेको छ ।’ शव लाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको खनालले बताए ।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया