सकियो माओवादीको बैठक, गुञ्जियो : श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड–लालसलामको नारा

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सकिएको छ । आइतबार अध्यक्ष पुष्पकमल दाहाल' प्रचण्ड'को सम्बोधनसँगै बैठक सकिएको हो ।
बैठक समापनका क्रममा प्रधानमन्त्री समेत रहेका प्रचण्डले बैठकले आफूहरू र पार्टीलाई एक ढिक्का बनाएकाे बताए ।
‘हामी एक ढिक्का भएका छौँ । पार्टी नेतृत्व बाहिर जाने छैनौँ । नेतृत्वको वरिपरि गोलबन्द हुने छौँ । हामी भावनात्मक रूपले भए पनि एक ढिक्का भएका छौँ । फेरि माओवादी जाग्ने छ,’ उनले भनेका थिए ।
त्यसलगत्तै हलमा ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड– लालसलाम’को नारा गुन्जिएको थियो । केन्द्रीय सदस्यहरूले ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड– लालसलाम, लालसलाम’ को नारा लगाएका थिए ।
बैठक समापन गर्दा महासचिव देव गुरुङले केही नारा लगाए भने केन्द्रीय सदस्यले सामूहिक रूपमा ‘जिन्दावाद’जिन्दावाद’ भनेका थिए ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक गत बुधबारदेखि काठमाडौँको कमलादीस्थित प्रभा भवनमा चलेको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया