त्रुटिपूर्ण नयाँ भाष्यले देश समस्याको दलदलमा भासियाे : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्त ढङ्गले त्रुटिपूर्ण नयाँ भाष्य निर्माण गर्न खोज्दा मुलुक नयाँ नयाँ समस्याको दलदलमा भासिएको विचार व्यक्त गरेका छन् ।
आज काठमाडौँमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले देशले भोग्नु परेको सम्पूर्ण समस्याको मुल जड सनातन धर्म, संस्कृति, राजसंस्था र एकात्मक राज्यप्रणाली भएको, अन्धविश्वास, रुढीवादी र विभेदमा आधारित हिन्दूधर्म, धर्म निरपेक्षता, गणतन्त्र र जातीय पहिचानमा आधारित संघीयता सम्पूर्ण रोग, भोक, अशिक्षा, गरिबी र पछ्यौटेपनको अचुक औषधि हो भन्ने भाष्य गलत भएको जिकिर गरे ।
मुलुकमा हाल विद्यमान संकट समाधान गर्न राप्रपा नेपालसँग वैकल्पिक मार्गचित्र रहेको भन्दै थापाले सुशासनको माध्यमबाट आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्बर्द्धनवादको वैचारिक धरातलमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली लागू गरी प्रदेश तहको संरचना तत्काल खारेजी गर्नुपर्ने आवश्यकता औल्याउँदै थापाले आत्मसमर्पणवादी मानसिकताले गर्दा मुलुकको स्वाधीनतामाथि गम्भीर प्रश्न चिह्न उठिरहेको बताए ।
बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न छरिएर रहेका सबै शक्ति एकै ठाउँमा आउनुपर्ने र त्यो वातावरण निर्माण गर्न आफू कृयाशील भइरहेको समेत थापाले बताए ।
उक्त प्रशिक्षणमा हिन्दुत्वको विषयमा पार्टीका उपाध्यक्ष डाक्टर विष्णु भण्डारी, संगठन निर्माण सम्बन्धमा पार्टीका महामन्त्री राजाराम बर्तौलाले प्रशिक्षण दिएको विभागका प्रमुख सुशील श्रेष्ठले जानकारी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया