पाकिस्तान सुपर लिगका बाँकी खेल आबुधाबीमा हुने

काठमाडौँ: पाकिस्तान सुपर लिग (पीएसएल) संयुक्त अरब इमिरेट्स (युएई)मा हुने भएको छ । पीएसएल मार्चको पहिलो सातामा स्थगित भएको थियो । पाँचौ चरणका खेलहरू हुँदै गर्दा पीएसएल स्थगित गरिएको थियो । अब बाँकी खेलहरू जुनको जुन ५ देखि २० सम्म आबुधाबीमा खेलाइनेछ ।
पाकिस्तान अखबार डनका अनुसार पीएसएलमा भाग लिने सम्पूर्ण टिमका खेलाडी तथा अफिसियलहरुको कोभिड–१९ परिक्षण शनिबार (आज) गरिनेछ । र, उनीहरुलाई लाहोर र कराँचीका होटलमा राखिनेछ । उनीहरुलाई मे २६ मा आबुधाबी पुर्यानेछ । आबुधाबीतर्फ लाग्नुअघि उनीहरूले पुनः कोभिड–१९ परिक्षण गराउनेछन् ।
प्रतियोगिता स्थल पक्का भइसके पनि खेल तालिका भने सार्वजनिक गरिएको छैन । पीएसएल प्रशारण गर्ने भारतीय तथा दक्षिण अफ्रिकी टेलिभिजनका सदस्य आबुधाबी पुगेपछि मात्रै खेल तालिका सार्वजनिक गरिने बताइएको छ ।
पीएसएलका टिमसँग अनुबन्धित सबै विदेशी खेलाडीहरु भने आबुधाबी जाने छैनन् । श्रीलंकाले बंगलादेशको भ्रमण गर्ने, न्यूजिल्यान्डले इंगल्यान्डसँग टेस्ट श्रृंखला खेल्ने र दक्षिण अफ्रिका तथा वेस्ट इन्डिजबीच पनि खेलहरु हुने भएकाले उल्लेखित टिमका खेलाडीहरु पीएसलमा सहभागी हुने सम्भावना कम छ । त्यसकारण, पीएसएलका फ्रेन्चाइज टिमहरू वैकल्पिक खेलाडी अनुबन्ध गर्नमा व्यस्त छन् ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया