स्वास्थ्य प्रणालीमा योगदान गर्न हातेमालो

काठमाडौँ : कोभिड १९ को महामारीले गर्दा नेपालको स्वास्थ्य प्रणालीलाई चाप परेको अवस्थामा यसलाई सुदृढ गर्न नेपाल बैंकर्स संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, नेपाल बिमक संघ, जीवन बिमक संघ नेपाल, नेपाल मर्चेन्ट बैंकर्स संघ,स्टक ब्रोकर एशोसियन र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ सामुहिक हिसाबले अघि आई हातेमालो नामक सामाजिक अभियानको थालनी गरेको जनाएको छन् ।
यस सामाजिक अभियान अहिलेको जटिल परिस्थितिमा विभिन्न संघमा आबद्ध संस्थाहरु, संस्थाका कर्मचारीहरु, समाजका सरोकारवालाहरु र आम नागरिक समेतले संस्थागत र व्यतिगत रुपमा एकजुट भई सहयोग गर्ने थलोको रुपमा स्थापना गरिएको उल्लेखित संस्थाहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
‘यस कोषमा जम्मा भएको रकम तत्कालका आवश्यकतालाई मध्यनजर गर्दै प्रभावकारी ढंगबाट परिचालन गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी यस हातेमाला अभियान मार्फत समाजका सरोकारवाला र आम नागरिक समेतलाई यस विषम परिस्थितिको प्रभावकारीरुपमा सामना गर्न एकजुट भई आर्थिक सहयोग गर्न आह्वान गर्दछौं ।’

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

प्रतिक्रिया