स्याङ्जामा औषधि सेवनबाट गर्भपतन गराउने बढ्दै

स्याङ्जा - औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा एक हजार एक सय ६४ जनाले सरकारी स्वास्थ्य संस्थामा गएर सुरक्षित गर्भपतन गराएका छन् । तीमध्ये २० वर्ष माथिका एक हजार एक सय एक र २० वर्ष मुनिका ६३ जना रहेका कार्यालयका प्रमुख बसुन्धारा शर्माले जानकारी दिइन् ।
उनका अनुसार वालिङ नगरपालिकामा जिल्लामै सबैभन्दा बढी तीन सय ८७ जनाले सुरक्षित गर्भपतन गराएका छन् । त्यसमध्ये तीन सय १५ ले औषधि सेवन गरेका थिए भने ५४ जनाले उपकरण प्रयोग गरेर गर्भपतन गराएका प्रमुख शर्माले बताइन् । उनका अनुसार २० वर्ष माथिका तीन सय ५१ र मुनिका १८ जनाले यहाँबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
पुतलीबजार नगरपालिकाका एक सय ९८ ले सुरक्षित गर्भपतन गराएका छन् । जसमध्ये औषधि सेवन गर्ने एक सय ६० र उपकरण प्रयोग गर्ने २७ रहेका छन् । यस पालिकामा सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष माथिका एक सय ७६ र मुनिका ११ रहेका प्रमुख शर्माले जानकारी दिइन् । उनका अनुसार हरिनाशमा एक सय ६६, अर्जुन चौपारीमा ९७, कालीगण्डकीमा ५७ र आँधीखोलामा ५३, बिरुवामा १६ र फेदीखेला गाउँपालिकामा एक जनाले औषधि सेवन गरेर गर्भपतन गराएका छन् ।
त्यस्तै, भिरकोटमा एक सय आठ, चापकोटमा ८२ र गल्याङ नगरपालिकामा २८ जनाले औषधि सेवन गरेर गर्भपतन गराएका प्रमुख शर्माले जानकारी दिइन् । औषधि खुुवाएर गराइने गर्भपतन सेवा, सुुरक्षित, सजिलो र कम जोखिम हुने भएकाले यस पद्धतिको प्रयोगकर्ता बढ्दै गएको उनले बताए । उनले उपकरण प्रयोग गनुपर्ने प्रकृतिका महिला गर्भपतन गर्न निकै कम आउने भएकाले पनि औषधि सेवन गर्नेको सङ्ख्या बढी देखिएको दाबी गरे ।
“निजी स्वास्थ्य संस्थामा गएर गर्भपतन गराउनेको विवरण हामीले समेटेका छैनौँ”, प्रमुख शर्माले भनिन्, “निजी स्वास्थ्य संस्था र अवैधानिकरुपमा गर्भपतन गराउनेको सङ्ख्या जोड्ने हो भने जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या डर लाग्दो छ ।” उनले असुुरक्षित यौन सम्पर्क र गर्भपतनलाई न्यूनीकरण गर्न जिल्लाका विभिन्न स्वास्थ्य संस्थामार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए । रासस

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

प्रतिक्रिया