अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नु जरुरी छ : न्यायाधीश सिन्हा

काठमाडौँ - सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नु जरुरी रहेको बताएका छन् ।
सोमबार डा. रत्नबहादुर बागचन्दद्वारा लिखित ‘साइबर अपराधः अनुसन्धान, अभियोजन र न्याय निरुपण’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नुपर्ने बताएका हुन् ।
उनले ज्ञान र सिपलाई पनि अभिवृद्धि गर्नु जरुरी रहेको बताए । उनले ज्ञान र सीपमा प्रहरी र सरकारी वकिल भन्दापनि अदालत पछाडि रहेको बताए । उनले दशौँ वर्षदेखि अदालतले कुल बजेटको एक प्रतिशत बजेट पनि नपाउने गरेको भन्दै यसले दक्षता र क्षमता अभिवृद्धि गर्न नसकिएको बताए । दक्षता र क्षमताको विकास गर्न र पूर्वाधार विकासका लागि बजेट माग गर्दा पनि पाउन नसकेको उनको भनाई छ ।
उनले भने, – ‘हाम्रो विज्ञता, दक्षता, क्षमता, ज्ञान, सिपका कुराहरूलाई अभिवृद्धि गर्न अत्यन्त जरुरी छ । त्यसमा हामी अदालत बास्तवमा प्रहरी या अनुसन्धानकर्ता, सरकारी वकिल अभियोजनकर्ता भन्दा सायद मलाई लाग्छ अदालत केही पछाडी नै छ । हामीहरुको खर्चको हिसाब गर्नुहुन्छ भने ०.३४÷०.३५ प्रतिशत मात्रै हामीले बजेट पाइराखेका छौँ दशौँ वर्षदेखि । एक प्रतिशत त बजेट दिनुस् । कमसेकम हाम्रो दक्षता, क्षमता, विकास गर्नका निमित्त, पूर्वाधार विकास गर्नका निमित्त केही पाउँ भनेर हामी मागिराखेका छौँ । देश, काल, परिस्थिति देखाइएको छ त्यसले गर्दा न्यून बजेटमा हामीले काम गर्नुपरिराखेको छ । तथापि जेजति हामीसँग उपलब्ध स्रोत र साधनहरु छन् त्यसमा अदालतपनि केही न केही अगाडी बढेकै छ ।’
न्यायाधीश सिन्हाले अदालतले न्यून बजेटमा उपलब्ध स्रोत र साधनमा काम गरिरहेको बताए । उनले आपसी अन्तरक्रिया र छलफलहरुमार्फत् अदालतले पनि नयाँ–नयाँ ज्ञान र सिपहरु पाउने भन्दै सरोकारवालाहरुका बीचमा आपसी अन्तरक्रिया गरिरहनुपर्ने बताए ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया