पीएसजीले भित्र्यायो पोर्चुगिज फरवार्ड रामोस

काठमाडौँ- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पोर्चुगिज फरवार्ड गोन्कालो रामोसलाई लोनमा भित्र्याएको छ ।
पीएसजीले रामोसलाई पोर्चुगिज क्लब बेनफिकाबाट एक सिजनका लागि लोनमा भित्र्याएको हो । पीएसजीले २२ वर्षीय फरवार्ड रामोसलाई खरिद गर्ने विकल्प समेत राखेको छ ।
रामोसले बेनफिकाका लागि गत सिजन ४७ खेलमा २७ गोल गरेका थिए । उनले सन् २०१३ मा बेनफिकाको युथ एकेडेमीमा आवद्ध भएका थिउ ।
सन् २०२० मा बेनफिकाका लागि १९ वर्षको उमेरमा डेब्यु गर्दा ८७ मिनेटमा मैदान प्रवेश गरेका रामोसले तीन मिनेटभित्रै डेस्पोर्टिभ एभ्सविरुद्ध दुई गोल गरेका थिए ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया