इन्टर मिलानले भित्र्यायो गोलकिपर यान सोमर

काठमाडौँ- इटालियन क्लब इन्टर मिलानले स्वीट्जरल्यान्डका गोलकिपर यान सोमरलाई भित्र्याएको छ । मिलानले सोमरलाई जर्मन क्लब बायर्न म्युनिखबाट ६ मिलियन यूरोमा खरिद गरेको हो ।
आन्द्रे ओनानाको स्थानमा ३४ वर्षीय सोमर इन्टरको नयाँ नम्बर १ गोलकिपर हुनेछन् । ओनाना गत महिना इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका थिए ।
सोमर गत जनवरीमा बोरुसिया मोन्चेन्ग्लाडबाचबाट घाइते मानुएल नोयरको स्थानमा बायर्नमा आएका थिए । उनले बायर्नलाई बुन्डेसलिगाको उपाधि जिताउन मद्दत गर्दै २९ खेल खेलेका थिए ।
सोमरले बुन्डेसलिगामा आफ्नो करियर अवधिभर २९१ खेल खेलेर जर्मनी छोडेका छन् । सन् २०१२ मा डेब्यु गरेदेखि सोमरले आफ्नो देशका लागि ८३ खेल खेलेका छन् ।
गत वर्ष कतारमा भएको २०२२ विश्वकपमा उनले स्वीट्जरल्यान्डका लागि तीन खेल खेलेका थिए ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया