शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

सुन प्रकरणबारे प्रतिनिधि सभामा गृहमन्त्रीले जवाफ दिने

काठमाडौँ– मंगलबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्रीले सुन प्रकरणबारे जवाफ दिने भएका छन् ।

मंगलबार बसेको शीर्ष नेताको बैठकले सदनलाई नियमित अगाडि बढाउने सहमति भएसँगै गृहमन्त्रीले जवाफ दिने भएका हुन् । तर, सुन तस्करी प्रकरणमा गृहमन्त्रीको चित्त बुझ्दो जवाफ नआएमा एमालेले फेरि अवरुद्ध गर्ने एमाले सचेतक महेश बर्तौलाले बताएका छन् ।

मंगलबारको बैठकमा दलीय आधारमा एक–एक जनाले आकस्मिक समयमा बोलेपछि गृहमन्त्रीले जवाफ दिने कार्यक्रम छ । सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने अडान नेकपा एमालेले राखेपछि लामो समयदेखि सदन अवरुद्ध गर्दै आएको थियो । 

प्रतिनिधि सभा बैठक मंगलबार ३ बजे बस्ने भनिए पनि अहिलेसम्म पनि बस्न सकेकाे छैन ।