एथ्लेटिको म्याड्रिडले जित्यो ला लिगा उपाधि

काठमाडौँ : रियल म्याड्रिडलाई पछि पार्दै एथ्लेटिको म्याड्रिडले ला लिगा उपाधि जितेको छ । शनिबार राती भएको अन्तिम खेलमा रियल भालाडोलिडलाई २-१ गोल अन्तरले हराउँदै एथ्लेटिकोले उपाधि उचालेको हो ।
एथ्लेटिकोलाई उपाधि दिलाउन लुइस स्वारेजले निर्णायक गोल गरे । ३८ खेलबाट ८६ अंक जोडेको एथ्लेटिकोले अन्तिम खेलबाट उपाधि उचाल्न सकेको हो । गएरातीकै खेलमा रियल म्याड्रिडले भिल्लारियललाई २-१ गोल अन्तरले हराएपनि साविक विजेता टोली दोस्रो स्थानमा रह्यो ।
रियलको ३८ खेलबाट ८४ अंक छ । तेस्रो स्थानको बार्सिलोनाको ७९ अंक छ । यसै सिजन बार्सिलोनाबाट एथ्लेटिको आएका स्वारेजले टिमलाई उपाधि दिलाउन सफल भए । एथ्लेटिको म्याड्रिडको यो ११ औँ ला लिगा उपाधि हो । पछिल्लो सात वर्षपछि उसले ला लिगा उपाधि जितेको हो ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया