योगेश भट्टराईको प्रश्न : गृहमन्त्रीको बयान कसले लिन्छ ?
काठमाडौँ– नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले गृहमन्त्रीमाथि पनि शंका भएकाले गृहमन्त्रीको बयान कसले लिन्छ भनि प्रश्न गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा सुन तस्करी प्रकरणको विषयमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।
उनले भने, ‘म गृहमन्त्रीजीलाई भन्न चाहन्छु, गृहमन्त्रीजी तपाईँ पोलिटिकल कमिसार तपाईँको फिल्ड कमिसार को छ ? तपाईँको आदेश फिल्ड कमिसारले मानेको छैन कि ? फिल्ड कमिसारको सूचना तपाईँले भेरिफाइ गर्नुभएको छैन ? हामीलाई गम्भीर शंका छ ।’
उनले अगाडि प्रश्न गरे, ‘त्यसकारण गृहमन्त्रीजीसँग पनि बयान कसले लिन्छ ? के सिआइबीले लिन्छ ? के राजश्व अनुसन्धानले लिन्छ ? अर्थमन्त्रीमाथि हाम्रो प्रश्न छ । प्रधानमन्त्री कार्यालयमाथि हाम्रो प्रश्न छ । राष्ट्रिय अनुसन्धान विभागमाथि हाम्रो प्रश्न छ । यत्रा नियकाय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदा यी कहाँ सुतेका थिए ? यिनीहरू माथि प्रश्न कसले उठाउँछ ?'
सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने अडान नेकपा एमालेले राखेपछि लामो समयदेखि सदन अवरुद्ध हुँदै आएको थियो । गृहमन्त्रीले सुन प्रकरणमा जवाफ दिने भएपछि बैठक सुरु भएको थियो । तर, सुन तस्करी प्रकरणमा गृहमन्त्रीको चित्त बुझ्दो जवाफ नआएमा एमालेले फेरि अवरुद्ध गर्ने बताएको छ ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया