ऊर्जा क्षेत्रको विकासका लागि सरकारले रोड म्यापसहित कार्ययोजना बनाउँदै छ : मन्त्री बस्नेत

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले ऊर्जा क्षेत्रको विकासको रोड म्याप र कार्ययोजना बनाई रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।
मन्त्री बस्नेतले विद्युत् उत्पादक व्यवसायीहरू तथा सांसदहरूको समेत मागलाई व्यवस्थित रूपमा सम्बोधन गर्ने गरी मन्त्रालयले ऊर्जा विकासको कार्ययोजना बनाएर अन्तिम चरणमा पुगेको बताए । उनले मन्त्रालयले बनाएको ऊर्जा विकासको रोड म्याप र कार्ययोजना कार्यसँगै विद्युत् उत्पादन र खपतका समस्या सम्बोधन हुने जिकिर गरे ।
विद्युत् उत्पादकहरूले एउटा फाइल पास गर्नका लागि ७ वटा मन्त्रालय धाउनु पर्ने अवस्थामा समन्वय गरी काम गर्ने मन्त्री बस्नेतले जानकारी दिए । उनले ऊर्जा मन्त्रालयले फाइल पठाउँदा वन र विद्युत् विकास विभागले तयारी नपुगेको भन्दै फाइल केही समय होल्ड गर्न भन्ने जानकारी आफूलाई आएको बताए ।
मन्त्री बस्नेतले उत्पादन भएको विद्युतको आन्तरिक खपत हेर्दा नेपालको उत्पादन २ हजार ८६४ रहेको भन्दै आगामी एक वर्षमा ४ हजार माथि पुग्ने उल्लेख गरे । उनले मुलुकको अर्थतन्त्रको अवस्थाले विद्युत् उत्पादनको क्षमता निर्धारण गर्ने हुँदा सरकारको प्रक्षेपण र उत्पादन क्षमता बढाउने भनेर मात्रै नहुने अवस्था रहेको बताए ।
उनले मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी)को वृद्धिलाई ७.२ मा स्थिर राख्न सक्यौं भने आगामी १० वर्षको १२ हजार विद्युत् उत्पादन गर्न सक्ने अवस्था रहेको बताए । यस्तै अर्थतन्त्रलाई स्टेबल बनाउन सक्यौं भने विद्युतको आन्तरिक खपतको क्षमता पनि १२ हजार पुग्ने दाबी उनले गरे । उनले आन्तरिक खपतभन्दा बढी भएको विद्युतलाई व्यापार गर्नुको विकल्प नरहेको बताए ।
मन्त्री बस्नेतले वर्तमान अवस्था, सम्भावना, आवश्यकताहरू र अहिले विकसित हुँदै गएको अवस्थाहरूलाई ध्यान दिएर यसको व्यवस्थापन गर्ने नीति र मोडालिटी बनाउन जरुरी रहेको उल्लेख गरे ।
सरकारले २५ हजार विद्युत् उत्पादन गर्ने गरी उर्जा विकासको रोड म्याप र एक्सन प्लान्ट बनाइरहेको पनि मन्त्री बस्नेतले जानकारी गराए । उनले सरकारले अब लक्ष्य मात्रै राख्दैन कुन–कुन आयोजनाबाट २५ हजार मेगावट विद्युत् उत्पादन हुन्छ त्यस्ता आयोजनाहरूको लिष्ट तयार पर्ने स्पष्ट पारे । उनले २५ हजार भार धान्न सक्ने पूर्वाधार, ट्रान्समीसन लाइन र सवस्टेशनहरूको निर्माण र विद्युत् उत्पादनका लागि लगानीको वातावरण बनाउने काम गर्ने बताए ।

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_ZUi0UiGC9P_q3yn2wc2fjjttnwfbm8dgacxtqhp9tkvvklyjtb4wosgbtr0pdky5suckhik.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया