कांग्रेस सदैव समावेशिताको पक्षमा : देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सदैव समावेशिताको पक्षमा रहेको बताएका छन् ।
२९ औँ विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले अहिले मुलुकमा समावेशी संविधान बनेको र कांग्रेस पनि समावेशिताको पक्षमा उभिएको बताएका हुन् ।
नेपाल जातजाति, भेषभूषा र कला संस्कृतिले पनि भरिपूर्ण रहेको र यी सवै कुराहरू देशको सम्पत्ति भएको उनले बताए । उनले नेपालको कला संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै मुलुकलाई बहुसांस्कृतिक देशका रूपमा चिनाउनुपर्ने धारणा राखे ।
त्यस्तै उनले संविधानमा उल्लेख समावेशिताको विषयलाई कांग्रेसले प्राथमिकतामा राखेको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया