सुदूरपश्चिम सरकारले गर्याे भीमदत्त राजमार्गमा गएको पहिरोको अवलोकन

कैलाली- सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईसँग जोड्ने भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिकामा विभिन्न स्थानमा गएको पहिरो खोल्ने कार्यको सुदूरपश्चिम प्रदेश सरकारले अवलोकन गरेको छ ।
प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिला तथा कानुनमन्त्री शिबराज भट्ट लगायतका मन्त्री र सुरक्षा निकायको टोलीले पहिरो क्षेत्रको अवलोकन गरेका हुन् ।
पहिरो क्षेत्रको अवलोकन गर्दै मुख्यमन्त्री शाहले छिटोभन्दा छिटो सडक सुचारु गर्न सबैले सहयोग गर्न आग्रह गरे ।
मुख्यमन्त्री लगायतको टोली फर्किए लगतै उक्त क्षेत्रमा भीषण वर्षा भइरहेको हेभी उक्युप्मेन्ट डिभिजन गोदावरीका लक्ष्मण ऎरले बताए । उनले करिब ५० मिटर सडक क्लियर गरि सकेकोको अवस्थामा वर्षाका कारण काम अवरुद्ध भएको बताउँदै भोलि बिहानदेखि पुनः सडक खोल्ने काम थालिने बताए ।
यद्यपि सडक भासिएका कारण तत्काल यातायात सुचारु हुने सम्भावना छैन । पहिरो आउने क्रम जारी रहेका कारण अवरोध हटाउने कठिनाइ भइरहेको छ ।
कैलालीको बुढीतोला, खानीडाँडामा सडक भासिनुका साथै विभिन्न ठाउँमा गएको पहिरोका कारण भीमदत्त राजमार्ग आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया