सत्तापक्षले संसदमा दादागिरी देखायोः सचेतक बर्तौला

काठमाडौँ - प्रमुख प्रतिपक्ष दलका सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसदमा दादागिरी देखाएको बताएका छन् ।
बुधवार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सूर्यबहादर थापाले आफ्ना धारणा राख्दै गर्दा सत्तापक्षका सांसहरुले उठेर विरोध गर्नु दादागिरी भएको बताए । उनले सत्तापक्षको दादागिरी देख्दा सरकार संसद चलाउन नचाहने स्पष्ट भएको बताए । उनले प्रतिपक्षले बोल्दै गर्दा सत्तापक्षका सांसदहरुले संसदीय मर्यादाबाहिर गएर विरोध गरेको बताए ।
उनले भने, ‘सरकार यसमा जिम्मेवार बन्न सकेन । सम्माननिय सभामुखज्युले प्रतिपक्षको तर्फबाट हाम्रा मान्य सूर्यबहादुर थापालाई आफ्ना भनाइ राख्न दिँदा प्रतिपक्षले सभामुखले समय दिएर बोल्दासमेत सत्ता पक्षका मान्यहरुले उठेर अवरोध गर्नुभयो । सत्तापक्षको यस किसिमको दादागिरी देखा परेको छ । सरकार सदन चलाउन चाहँदैन । सत्तापक्ष संसदमा द्वन्द्व गर्न चाहन्छ । किनभने प्रतिपक्षले आफ्ना विषय राख्न पाउँदैन ? आफूले जनताका मुद्दा उठाउने कुरा सभामुखको समयमार्फत उजागर गर्न पाइँदैन । सत्तापक्षका सांसदहरु हामीले बोल्दै गर्दा संसदीय मर्यादाबाहिर जान मिल्छ । प्रतिपक्षले बोल्न पाउने अधिकारमाथि आज सत्तापक्षले संसदमा कुण्ठित गर्नुभयो । उहाँहरु योजनावद्ध तयारीमा हुनुहुन्छ । अभियोग प्रतिपक्षलाई लगाउने, अरु सबै करणी आफू गर्ने । यो दाउपेचका साथ सरकार र सत्तापक्ष अघि बढ्न सकेन । संसदलाई द्वन्द्वतर्फ लैजान सरकार तयारी छ । त्यो खेतीमा लागेको छ ।’
सचेतक बर्तौलाले संसदलाई द्वन्द्वतर्फ लैजान सरकार तयारीका साथ अघि बढीरहेको अरोप लगाए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया