डुरान्ड कपः त्रिभुवन आर्मी र दिल्ली एफसी बराबरीमा रोकिए

काठमाडौँ- भारतमा जारी डुरान्ड कप फुटबल प्रतियोगिताअन्तर्गत नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले भारतको दिल्ली एफसीसँग बराबरी खेलेको छ ।
समूह ‘ई’ अन्तर्गत असामको ककराझारस्थित साई स्टेडियममा आज भएको खेलमा आर्मीले दिल्लीसँग १-१ गोलले बराबरी खेलेको हो ।
आर्मीका लागि दिनेश हेन्जन एक गोल गरे । दिल्लीका लागि गिरिक खोस्लाले एक गोल फर्काए ।
हेन्जनले ४० औँ मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाए पनि गिरिकले ८७ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
आर्मीले दोस्रो खेल चेन्नइयन एफसीविरुद्ध अगस्ट १४ मा खेल्नेछ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया