सिक्रे दोभानमा पहिरोमा बेपत्ता भएकामध्ये ८ महिनाकी दिब्या पहरीको शव भेटियो

मकवानपुर - बागमती गाउंपालिका ५ सिक्रे दोभानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका मध्ये अर्को १ जना मृत अवस्थामा भेटिएका छन् । मंगलबार बिहानको पहिरोमा परेर बेपत्ता भएका मध्ये ८ महिनाकी दिब्या पहरी मृत भेटिएको प्रहरीले जनाएको छ ।
बुधबार ६ः४८ बजेको समयमा जिल्ला सिन्धुली हरिहरपुर गाउँपालिका ३ बनौलीस्थित बागमती खोलाको किनारमा दिब्या मृत भेटिएको मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । पहिरोमा बगाएका बागमती गाउँपालिका(५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तानका ज्वाई २५ बर्षीय जीवन पहरी, नाती ४ बर्षीय मिलन पहरी अझै बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको कार्कीले बताए ।
सोमबार रातिदेखि परेको अबिरल वर्षाको कारण मंगलबार साउन २३ गते बिहान ४ बजेको पहिरोले घर बगाउँदा ७ जना बेपत्ता भएकोमा अक्कल बहादुरकी श्रीमती ५५ बर्षीया सन्त माया स्याङ्तानको मंगलबार बिहानै उद्धार गरी फापरवारीस्थित स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
पहिरोले स्याङ्तान, उनकी २२ वर्षीया छोरी शिला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती ४ वर्षीय मिलन पहरी, ८ महिनाकी नातिनी दिब्या पहरी र सिन्धुली हरिहरपुर गाउँपालिका(१ कोकटीका अन्दाजी १६र१७ वर्षका पासाङ घिसिङलाई बगाएको थियो ।
पहिरो परी बेपत्ता भएका सिन्धुली हरिहरपुर(१ कोकटीका बस्ने १७ बर्षीय पासाङ घिसिङको मात्रै जीवित उद्दार गरिएको छ । घिसिङको हेटौडा अस्पतालमा उपचार भइरहेको छ ।

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

प्रतिक्रिया