सात वटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अझै खुलेन

कैलाली - अविरल वर्षापछि गएको पहिरोसँगै भूस्खलनका कारण अवरुद्ध सात वटा पहाडी जिल्लालाई तराईसँग जोड्ने भीमदत्त राजमार्गको बुढीतोला सडक खण्डको मर्मत सम्भार कार्य बुधबार साँझसम्म सकिएन ।
वर्षा नरोकिएपछि मर्मत संभार र पहिरो हटाउने कार्य समेत साँझदेखि बन्द भयो । जसका कारण दुई दिनदेखि अवरुद्ध भीमदत्त राजमार्ग खुलाउने प्रयास बुधबार साँझ सम्म पनि सफल भएन ।
भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिकाको बुढीतोला क्षेत्रमा थुप्रै स्थानमा सडक भासिनुका साथै ठूलो पहिरो गएका कारण सोमबार बिहानदेखि पहाडी जिल्लाहरुको तराईसँगको सम्पर्क टुटेको थियो ।
सोमबार बिहानदेखि नै पहिरो हटाउन र भासिएको मर्मत सम्भारका लागि सडक विभागसँगै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टिम संयुक्त रुपमा खटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले वर्षा नरोकिएपछि सडक मर्मत संभार र पहिरो हटाउने कार्य बुधबार साँझ रोकिएको बताए ।
उनले यस्तै अवस्था रहे भोलि साँझसम्म पनि भीमदत्त राजमार्गमा यातायात सेवा सुचारु हुन सक्ने अवस्था नरहेको बताए ।

सुप विश्वविद्यालयमा साउन १४ गते स्ववियू निर्वाचन

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

विदेशबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

जीपको ठक्करबाट चन्दको मृत्यु

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण

प्रतिक्रिया