बाढीले कैलालीकाे भजनीमा मात्रै नाै सय परिवार विस्थापित

कैलाली । सोमबारदेखि परेको अविरल बर्षापछि आएको बाढीबाट कैलालीको भजनी नगरपालिकाका आठ सय ९९ परिवार विस्थापित भएका छन् ।
वर्षाले कान्द्रा, काँढा, पथरैया र मोहना नदीमा आएको बाढीले दुई हजार तीन सय ६७ परिवार प्रभावित हुँदा आठ सय ९९ परिवार विस्थापित भएर हुलाकी राजमार्ग, विद्यालय र सेफ हाउसमा बसिरहेका छन् ।
भजनी नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का अध्यक्ष विक्रम चौधरीले दुई हजार चार सय स्थानीय विस्थापित भएको बताए । बाढीका कारण वडा नम्बर ५ का १५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको बताउदै सबैभन्दा धेरै वडा नम्बर ३ का गाउँहरू कुशुमघाट, ढुसी, बर्दवा, कनैयापुर त्यस्तै ८ नम्बर वडाका बहादुरपुर, जनकपुर, मिजाहा र सोनाफाँटाका अधिकांश घरहरूमा पानी भरिएको बताए ।

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

दुई दशकदेखि राजमार्गको पुलमुनि बास

जडीबुटीका विरुवासँगै तालिम दिँदै वनस्पती अनुसन्धान केन्द्र

प्रतिक्रिया