जहाँ क्याम्पस जाँदा लाग्ने बस भाडा वडाले नै तिरिदिन्छ

मकवानपुर- शिक्षालाई उच्च प्राथमिकता दिँदै मकवानपुरको एउटा वडा कार्यालयले विद्यार्थीलाई क्याम्पस जान लाग्ने यातायात खर्च प्रदान गर्ने भएको छ । यसको लागि सम्बन्धित वडाको स्थायीवासी हुनुपर्ने कार्यालयले जनाएको छ ।
यसको लागि वडा कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाबाट वडा नम्बर १८ ले क्याम्पस पढ्ने विद्यार्थीहरुलाई बस भाडाको समस्या भएमा वडा कार्यालयले सहयोग गर्ने भएको हो ।
हेटौंडा बजार पुग्न दैनिक १८ किलोमिटरको यात्रा गर्नुपर्दा वडावाट उच्च शिक्षा लिन हेटौडा बजार ओहोर दोहोर गर्ने विद्यार्थीले दैनिक चर्को बसभाडा खर्च गर्नुपर्ने अवस्थालाई वडाले सम्बोधन गर्न लागेको हो ।
भाडाकै कारण क्याम्पस पढ्न समस्या नहोस भनेर वडा कार्यालयले यो योजना अघि सारेको वडाध्यक्ष अनिल बानियाँले बताए । वडाध्यक्ष बानियाँका अनुसार वडाले निर्णय नै गरेर कक्षा ११ देखि स्नातकोत्तरसम्म पढ्ने वडाभित्रका विद्यार्थीको हेटौंडा आउजाउको भाडा तिर्ने निर्णय भएको छ ।
यसै वडामा कक्षा १२ सम्म अध्यापन हुने ज्योती मावि छ ।
वडाबाट हेटौंडा नआइपुग्दै जनप्रिय मावि प्राविधिक विद्यालय पनि हेटौंडा १६ मा छ । तर हेटौंडा बजारमै आएर आफूले रोजेको विषय पढिरहेकाहरुको सहजताको लागि वडाले यो योजना अघि सारेको बताइएको छ ।
वडा कार्यलयले स्थानीय यातायात व्यवसायीसँग सहकार्य गर्ने योजना बनाएको छ । हाल हर्नामाडीदेखि हेटौडा आवतजाआत गरेको भाडा प्रतिव्यक्ति ८० रुपैयाँ भाडा लिने गरेको छ ।
वडा कार्यालयको यो निर्णयसँगै अब वडाभित्रका ७५ जना भन्दा वढी विद्यार्थी निःशुल्क बस चढेर हेटौडासम्म अध्ययन गर्न सक्ने भएका छन् । वडामा जम्मा ४ वटा सामुदायिक विद्यालयमा कक्षा १० सम्म पढाइ हुन्छ । वाणिज्य, मानविकी र शिक्षा संकायका विषयमात्र पढाइ हुने र अन्य विषय पढ्न चाहने विद्यार्थीले हेटौंडा बजारका क्याम्पससम्मै पुग्नुपर्ने बाध्यता छ
उपमहानगरपालिकाले एमबिबिएस पढ्न हरेक विद्यार्थीलाई ५ लाख रुपैयाँ सहयोग गर्दै आएकामा यस वर्षदेखि आफ्नो वडाले पनि १ लाख रुपैयाँ दिने नीति लिएको अध्यक्ष बानियाँले बताए । यसपटक यो वडाबाट २ जना एमबिबिएस पढ्न छानिएका छन् ।

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
यी हुन् केयुका तीन ‘व्यवस्थापन कार्यक्रम’

डेनमार्कमा प्याब्सनको नेतृत्व विकास सेमिनार सुरू, ५४ जना सहभागी

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

प्रतिक्रिया